
संसदको महाअभियोग सिफारिस समितिको प्रतिवेदन अनुमोदन गर्दै सदनले मंगलबार सरकारलाई यस्तो निर्देशन दिएको हो ।
संसद सचिवालयका कानुनसचिव अर्जुन खड्काका अनुसार यो निर्देशनपछि कार्कीमाथि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानको कानुनी बाटो खुलेको छ ।
अख्तियार प्रमुखका रुपमा कार्यरत रहँदा कार्कीले पदीय दुरुपयोग गरी विभिन्न गलत कार्य गरेको भन्दै दर्ता भएको महाभियोग प्रस्तावमाथि अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन सरकारलाई पाठाउँदै सदनले यस्तो निर्देशन दिएको हो ।
संसदले कार्कीको नाम सरकारका विभिन्न निकायमा महाभियोग लाग्न योग्य व्यक्ति भएको अभिलेख राख्न पनि सरकारलाई सुझाव दिएको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्