
सिन्धुलीका २ सय ५६ वटाभन्दा बढी सामुदायिक विद्यालय पुनर्निर्माण हुन नसक्दा पठन–पाठन अस्तब्यस्त बनेको छ ।
भूकम्पले विद्यालयका भवन भत्किएपछि बाँसको टाटीले बनाइएका टहरामा पठनपाठन सञ्चालन गरिँदा विद्यार्थी तथा शिक्षक शिक्षिकामा स्वास्थ्य समस्या देखिन थालेको छ ।
ग्रामिण क्षेत्रका विद्यालयमा भौतिक संरचना निर्माण नहुँदा हिउँदमा हावाहुरी र वर्षामा झरी पर्दा पठन–पाठनमा समस्या परिहेको शिक्षक बताउँछन् ।
सिन्धुलीका कुल ५ सय ७१ विद्यालयमध्ये भूकम्पले ५ सय ६ विद्यालय क्षतिग्रस्त बनेका थिए । यी मध्ये १० वटा विद्यालयको पुनर्निर्माण भइरहेको छ । अन्य विद्यालयका भौतिक संरचना पुनर्निर्माण हुन नसक्दा पठन पाठनमा प्रतिकूल असर देखिँदै गएको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्