
सुदूरपश्चिमका डडेल्धुरालगायत विभिन्न स्थानमा हुने मेला–महोत्सवमा भारतीय मूलका स–साना बालबालिकालाई प्रयोग गरी मनोरञ्जन दिने गरिएको हो ।
यसरी खुलेआम बालबालिकाको प्रयोगबारेमा नेपाली प्रहरी प्रशासनले बालबालिकालाई अवैधरुपमा देखाईरहेका जोखिमपूर्ण सर्कस प्रयोगलाई चासो भने देखाएका छैनन् ।
नेपाल तथा भारतमा बाल अधिकार सम्बन्धि विभिन्न ऐन कानुन बनेको भए तापनि न त सशक्त रुपमा कार्यन्वयन हुन सकेका छन्, न सम्बन्धित निकायहरुबाट पहलकदमी नै भएको छ ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३९ को उपदफा ४ मा बालबालिकालाई जोखिमपूर्ण कार्यमा लगाउन नपाउने स्पष्ट व्यवस्था भए पनि विदेशी नागरिकहरुले यसरी सर्कस देखाउने जोखिमपूर्ण काममा खुला ठाउँमै बालबालिका प्रयोग भईरहँदा कुनै निकायले चासो नराखेको दर्शकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्