२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चोरीको मोटरसाइकलसहित दुई युवा पक्राउ


0
Shares

चोरीको बा५२प ९४२७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे, तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

उक्त चोरीको मोटरसाइकल भक्तपुर, सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय चौतारा पठाइएको छ । रासस