८ असार २०८१, शनिबार | Sat Jun 22 2024


विमान चालकले ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय


0
Shares

उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएको हो । ग्रोइन्चले उडाउनु पर्ने विमानमा सय भन्दा बढी यात्रु सवार थिए ।

उनले रक्सी सेवन गरेको फेला परेपछि अरु नै पायलटले विमान मेक्सिकोका लागि उडाएका थिए ।

अदालतमा ग्रोइचले घटनाबाट आफुमा निकै लज्जाबोध भएको भन्दै परिवारले पनि आफ्नो गल्तीका लागि सजाय दिने बताएका छन् ।

३७ वर्षिय ग्रोइन्चलाई कम्तिमा एक वर्षको जेल सजाय हुन सक्ने अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)