२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


नाइजेरियाको राष्ट्रपतिमा बुहारी फेरि निर्वाचित


0
Shares

नाइजेरिया, फागुन १५ । नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । ७६ वर्षीय बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित गरेका हुन् ।

अबुबाकरको पिपुल्स डेमोक्रेटिक पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । हिंसा फैलाएर निर्वाचन गराइएको र मतगणनामा समेत ढिलाइ गरिएकोले निर्वाचन निष्पक्ष नभएको भन्दै विपक्षी दलले परिणाम अस्वीकार गरेको हो ।

निर्वाचन आयोगले बुहारीको अल प्रोग्रेसिभ कंग्रेस पार्टीले ३६ मध्ये १९ प्रान्तमा जित हासिल गरेको जनाएको छ । विपक्षी डेमोक्रेटिक पार्टी भने राजधानी अबुजासहित १७ प्रान्तमा विजयी भएको छ । (एजेन्सी)