
चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार आर्थिक वर्ष २०७१/०७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे पनि गत वर्षदेखि यो क्रम घटेको छ ।
नेपाल एयरलाइन्स कार्गो डेलिभरी अर्डर सेक्सनका कर्मचारी मुरारीप्रसाद अधिकारीका अनुसार एकैदिन १० वटासम्म शव नेपाल आउने गरेको छ । दैनिक सरदरमा चारजनाको दरले विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल आउने गरेको उनले बताए । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्