१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल


0
Shares

काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिको बैठकमा नागरिक लगानी कोष ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले नागरिक लगानी कोष ऐनको विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

समितिका सभापति परशुराम मेघी गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विधेयक–२०७५ माथि आ–आफ्नो धारणा राख्न सांसदहरुलाई समय दिएका थिए ।

सांसदहरुले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पनि छलफल गरेका थिए ।

उनीहरुले कानुनका विषयमा धारणा राख्ने गरेपनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

कानुन बनाउँदा व्यवहारिक रुपमा पनि हेर्न उनीहरुले आग्रह गरे ।

उनीहरुले कानुनको मापन र अध्ययन, अनुसन्धानसम्बन्धी विषय पनि प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए ।