६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


सम्झौता अवधिमा सडक कालोपत्रे नगरेको ठेकेदारलाई दैनिक २४ हजार जरिवाना


0
Shares

सम्झौताअनुसार सम्पन्न गर्नुपर्ने अवधि ६ महिना नाघ्दा पनि कामले गति नलिएपछि स्वच्छन्द मना संयुक्त निर्माण सेवालाई कारवाही गरिएको स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।

समितिले उक्त कम्पनीलाई दुई वर्षअघि ८ करोड ७५ लाख रुपैयाँमा ओटासिल प्रकारको कालोपत्रे गर्न ठेक्का दिएको थियो । राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण परियोजना अन्तर्गत रिसिङ जाने सडक गत भदौमा निर्माण सक्नुपर्ने थियो ।

चैत मसान्तसम्म ठेकेदारले दैनिक २४ हजार रुपैयाँ तिर्नुपर्ने भएको हो । एक साताअघिदेखि जरिवाना तोकेपछि ठेकेदारले कामगर्न सुरु गरेका छन् । –कान्तिपुर दैनिकबाट