
वैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मीलाई दैनिक २ सय ५० रुपैयाँ भत्ता र ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिएको हो ।
अर्थले यो प्रस्ताव स्वीकृत गरे दैनिक भत्ता र खाजा खर्चबापत सुरक्षाकर्मीका लागि दैनिक करिब ७ करोड रुपैयाँ खर्च हुनेछ । यससँगै एक साताको भत्ता र खाजा खर्चमा करिब ४९ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने छ ।
अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाका प्रयोजनका लागि ३ अर्ब ४० करोड रूपैयाँ निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गत सुरक्षाकर्मी परिचालनमा ३ अर्ब र सेनाका लागि ४० करोड रूपैयाँ विनियोजन गरिएको अर्थले जनाएको छ । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्