
काठमाडौं, असार २० । पछिल्ला दिन ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार हरियोमात्र रहेको थियो भने बुधबार केही सुधार भयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंकले सकारात्मक रहेर ११ सय ८८ पुग्यो ।
सेयर धितोकर्जा सीमा बढाउने चर्चासँगै बजार बढेको विश्लेषण गरिएको छ । यसदिन कारोबार भएका सबै समूह हरियो रहे ।
बिमा समूहमा सबैभन्दा उच्च ६० अंकको सुधार आयो । होटल, जलविद्युत्, उत्पादनमूलक, लघुवित्त र विकास बैंक समूहमा दोहोरो अंकको वृद्धि आएपनि अरु समूह सामान्य अंकले हरियो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका ८ लाख ३३ हजार कित्ता सेयर २५ करोड रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्