८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


म्यादी प्रहरीमा विप्लव र मोर्चाले कार्यकर्ता घुसपैठ गराएको आशंकामा व्यापक निगरानी


0
Shares

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधी घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।

म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बताएको छ ।

सरकारले पहाडी जिल्लामा म्यादी प्रहरी परिचालन गर्दा गाउँपालिका फरक पारी जिल्लाभित्रै परिचालन गर्ने तयारी गरेको छ ।

तराईका जिल्लामा भने महिला म्यादी प्रहरीबाहेकलाई अन्तरजिल्लामा खटाउने तयारी गरिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट