८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


बैकल्पिक पार्टीहरु एक्लाएक्लै चुनावमा, ठूला दल तालमेलमा


0
Shares

नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच परस्पर तालमेलको चर्चा भए पनि मोर्चाबन्दी गर्न उनीहरु उदासीन देखिए ।

नयाँ शक्ति पार्टीले साझा पार्टी र विवेकशीलसग चुनावी सहकार्यको प्रस्ताव लगे पनि उनीहरुले एक्लाएक्लै अघि जान रुचि देखाए ।

साझा पार्टीले विवेकशीलसग छुट्टै तालमेल प्रयास गर्‍यो, तर उम्मेदवारी संरचनामा कुरो नमिलेपछि त्यो प्रसंग त्यत्तिकै हरायो ।

वैकल्पिक भनिएका अरु दुई दलसग कुरो नमिलेपछि नयाँ शक्तिले संघीय समाजवादी फोरमसग चुनावी तालमेल गरेको छ । उनीहरु एउटै चुनाव चिह्न ‘मशाल’ अन्तर्गत लड्ने सहमतिमा पुगेका छन् ।

स्थानीय चुनावका लागि निर्वाचन आयोगले दल दर्ता गर्न अनुमति दिए पनि चुनाव चिह्न भने संसदभित्र भएका दललाई मात्रै दियो ।

नयाँ शक्तिले आफ्नै चुनाव चिह्न आँखा पाउनुपर्ने भन्दै धर्नालगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

तर आयोगले मतपत्र छापिसकेको भन्दै कुनै वैकल्पिक चिह्नसहित चुनाव लड्न आग्रह गर्‍यो । त्यसपछि नयाँ शक्तिले चुनावमा भाग लिन हाल एकता चर्चामा रहेको फोरमकै चिह्न मशाल लिने निर्णय गर्‍यो ।

विवेकशील र साझाले पनि चिह्न पाउनुपर्ने माग गरे पनि सफल भएनन् । -कान्तिपुर दैनिकबाट