२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


सिन्धुपाल्चोकमा मतगणना सुरु, मेलम्चीमा एमाले अगाडि


0
Shares

मेलम्चीमा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार आइतराम तामाङले ९७, उपप्रमुखकी सविता गुरुङले ९९, नेकपा एमालेका प्रमुख उम्मेदवार डम्बर अर्यालले २६९ र उपप्रमुख उम्मेदवार भगवती नेपालले २७७, नेकपा माओवादी केन्द्रका प्रमुख उम्मेदवार श्याम खड्काले १८९ उपप्रमुख उम्मेदवार मुना ढकालले १४४ तथा राप्रपाका प्रमुख उम्मेदवार फणीन्द्रले ११३ र उपप्रमुख उम्मेदवार कुमारी तामाङले १२७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी, भोटेकोसी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका साङ्बु शेर्पाले २९८ र उपप्रमुख उम्मेदवार गेलुम लामाले २०७, एमालेका प्रमुख उम्मेदवार छिरिङ शेर्पाले १०९ र उपप्रमुख उम्मेदवार सुन्तली तामाङले २२०, माओवादी केन्द्रका प्रमुख उम्मेदवार राजकुमार पौडेलले १२८ र उपप्रमुख उम्मेदवार दाबुटी शेर्पाले ११९ मत प्राप्त गरेका छन् ।

चौतारा साागाचोकगढी नगरपालिकाको मतगणना भर्खर सुरु गरिएको र अन्य स्थानको मतगणना केही समयपछि सुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस