
सडक दुर्घटनामा मृत्यु भएका गोविन्दबहादुर भुजेलको मिर्गौला १५ वर्षीय मिलन श्रेष्ठ र ५१ वर्षीय गोविन्द तिमल्सिनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
काठमाडौं, लाजिम्पाटका मिलन श्रेष्ठको पाँच वर्षअघि दुबै मिर्गौला ‘फेल’ भएको थियो भने सुनसरीका गोविन्द तिमल्सिनाको तीन वर्षअघि मिर्गौला फेल भएको थियो ।
मानवअंग प्रत्यारोपण केन्द्रले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
मिर्गौला प्रत्यारोपणपछि नयाँ जीवन पाउने आफूहरुमा आशा जागेको भन्दै उनीहरुले खुसी व्यक्त गरे ।
स्वास्थ्यमन्त्री गगन थापासमेत उपस्थित सो अवसरमा मानवअंग प्रत्यारोपण केन्द्रका अध्यक्ष डा. पुकार श्रेष्ठले ब्रेनडेथ भएका व्यक्तिका मिगौला प्रत्यारोपण बढाउनसके धेरैले नयाँ जीवन पाउने बताए ।
प्रतिक्रिया दिनुहोस्