१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


प्रेमका लागि राजघराना नै त्यागिन् राजकुमारीले


0
Shares

२५ वर्षीय राजकुमारी माकोले राजपरिवारको परम्पराविपरीत विवाह गरेपछि राजपरिवारबाट अलग हुनु परेको हो । उनी जापानका नरेश अकिहितोकी नातिनी हुन् ।

२५ वर्षीय प्रेमी केई केमुरोसँग उनले हालै विवाह गरेको बताइएको छ । यद्यपि विवाहको औपचारिक घोषणा गरिएको छैन । दुवै केही वर्षदेखि आपसमा प्रेम गर्दै आएका थिए । केई एक कानुनी फर्ममा कार्यरत कर्मचारी हुन् ।

कलेज पढ्दा दुबैबीच प्रेम सम्बन्ध प्रगाढ भएको बताइएको छ ।

जापानको राजपरिवारको परम्पराअनुसार राजपरिवारका कुनै पनि सदस्यले सर्वसाधारणसँग विवाह गर्न पाउँदैनन् । यदि सर्वसाधारणसँग विवाह गर्ने हो भने उसले राजपरिवार त्याग्नुपर्ने हुन्छ । (एजेन्सी)