
अदालतले कुलभूषणको मुद्दामा अन्तिम नतिजा नआएसम्म उनलाई मृत्युदन्ड नदिन आदेश जारी गरेको हो ।
पाकिस्तानको सैन्य अदालतले जासुसीको आरोपमा जाधवलाई मृत्युदन्डको सजाय सुनाएको थियो । भारतले भने जाधव इरानबाट अपहरणमा परेको दाबी गरेको छ ।
भारतीय नौसेनाका पूर्वअधिकारी जाधव एक वर्षदेखि पाकिस्तानको कारागारमा छन् । जाधवले मृत्युदन्ड रोक्न अन्तर्राष्ट्रिय अदालत गुहारेका थिए ।
उनी भारतीय गुप्तचर एजेन्सी ‘रअ’को एजेन्ट रहेको पाकिस्तानको दाबी छ । सन् २०१६ को मार्च ३ मा जाधवलाई पाकिस्तानको बलुचिस्तानमा पक्राउ गरिएको थियो ।
सरकारी निर्देशनमा विध्वंशकारी गतिविधिमा उनी संलग्न भएको आरोप पूरै तथ्यहीन रहेको भारतको दाबी रहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्