२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश


0
Shares

                                                                                    फाइल फोटो

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले शुक्रबार लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत भएको उल्लेख गरी अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाइँले गत बुधबार मुद्दा दायर गरेका थिए ।

नेपाल विद्युत् प्राविधकरणले दुई करोडथान एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत अघि बढाइएको र त्यसलाई रोक्नका लागि अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको थियो । रासस