२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विदेशबाट फर्किएका खोमराज दूध बेचेर मासिक एकलाख कमाउँछन्


0
Shares

चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गरेका हुन् ।

झन्डै तीन वर्षअघि तीनवटा भैंसीबाट व्यवसाय सुरु गरेका पौडेलको फर्ममा हाल १७ वटा उन्नत् जातका भैंसी छन् ।

“हाल पाँचवटा भैँंसीबाट दैनिक ४० लिटर दूध उत्पादन हुन्छ” युवा व्यवसायी पौडेलले भने, “दूधको माग अत्याधिक छ तर नजिक डेरी छैन बजारसम्म पु¥याउन दैनिक मोटरसाइकल प्रयोग गर्ने गरेको छु ।”

पौडेलले २० रोपनी जमिन भाडामा लिएर अहिले भैँंसीपालनसँगै भैँंसीका लागि आवश्यकपर्ने घाँस, मौसमी तथा बेमौसमी तरकारी र सुन्तलाखेती गर्दै आएका छन् ।

“सुरुमा विदेशी भूमिमा पसिना बगाउन पुगेँ, त्यहाँ त्यति सन्तुष्ट हुनसकिन र स्वेदश फर्किए” उनले भने “स्वदेश आएर कुखुरापालन र घ्यूकुमारीखेती गरे त्यो पनि सफल भएन र अहिले भैंँसीपालन व्यवसाय सञ्चालन गरें यसमा आम्दानी पनि भएको छ म पनि सन्तुष्ट छु ।” पौडेलले फर्ममा रहेको माउ भैँंसीको बिमासमेत गरेका छन्। रासस