
बीरगञ्जको पावरहाउस चोकस्थित केडिया पेट्रोल पम्पबाट उपभोक्तालाई कम तौलमा पेट्रोल बिक्री वितरण गरेको फेला परेसँगै पम्पमा सिलबन्दी गरी बिक्री वितरणमा रोक लगाईएको हो ।
आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र नापतौल तथा गुणस्तर कार्यालय बीरगञ्जको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा एउटा पम्प मेसिनबाट दश लिटरमा ९० ग्राम पेट्रोल कम दिइएको फेला परेको थियो ।
अनियमिता भेटिएसँगैै आवश्यक कारवाहीका लागि पम्पमा सिलबन्दी गरिएको नापतौल तथा गुणस्तर कार्यालय बीरगञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्