‘कामचलाउ सरकार भएपनि सहमतिका आधारमा बजेट ल्याउन सकिन्छ’ « Image Khabar


‘कामचलाउ सरकार भएपनि सहमतिका आधारमा बजेट ल्याउन सकिन्छ’


Imagekhabar
८ जेष्ठ २०७४, सोमबार १६:१७

सोमबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कारमा डा.महतले कामचलाउ सरकार भएपनि आवश्यकताअनुसार एक वर्षका लागि तोकेर सरकारले सहमतिका आधारमा बजेट ल्याउनसक्ने बताए ।

निर्वाचनको समयमा बजेट ल्याउनु आचारसंहिताविपरीत भएपनि सहमतिका आधारमा भने ल्याउन सकिने उनको भनाइ छ ।

पहिलो चरणको स्थानीय निर्वाचनमा आफ्नो पार्टीले तालमेलका कारण सोचेकोजस्तो नतिजा ल्याउन नसकेको स्वीकार्दै महतले दोस्रो चरणमा अहिले गरिएका भूलसुधार गरी राम्रो नतिजा ल्याइने दाबी गरे ।

संविधान संशोधन गरेर कार्यान्वयनमा जानुको विकल्प नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्