
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि उत्पादन परिसंघ र नेपाल आयुर्वेदिक औषधि उत्पादन संघले सोमबार (आज) राजधानीमा पत्रकार सम्मेलनगरी नेपाल औषधिमा आत्मनिर्भर बनाउन आफूहरुको साथ र सहयोग रहने भन्दै प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासघंका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल औषधिमा ८० प्रतिशतसम्म आत्मनिर्भर हुनसक्ने अवस्थाका प्रशस्त आधार भएकाले सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताए ।
यस्तै, आयुर्वेदिक औषधि उत्पादन संघका अध्यक्ष विनोद पौड्यालले नेपाली उद्योगलाई प्रत्साहन गर्दै लैजान सके नेपालले छिटै औषधि निर्यातसमेत गर्न सक्ने बताए ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड ‘जिएमपी’ मापदण्ड अनुसारको औषधि उत्पादन गर्ने उनीहरुले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानमा औषधि आयातकर्ताहरुले ४ सयदेखि २२ सयसम्म प्रतिशतसम्म नाफा खाईरहेको भेटेपछि औषधिको मूल्य नियन्त्रण गर्न सरकारले अत्यावश्यक औषधि आफै खरिद गरी बेच्ने र नेपालमा उत्पादन हुने ३५ प्रकारका औषधिको पनि निर्यात नगर्ने निर्णय गरेको थियो ।
औषधि आयातकर्ताहरु सरकारको निर्णयप्रति आन्दोलित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्