
पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार राजदूत, महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने लगायतका विवादास्पद निर्णयले पार्टी कमजोर भएको निष्कर्ष निकालिएको छ ।
बैठकमा पौडेलले परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हार्नुका पछि नेतृत्वको गलत कार्यशैली नै मुख्य जिम्मेवार रहेको बताएका थिए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्