
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबार तोलामा १ सयले घटेर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्