मोरङका विपन्न परिवारका लागि ७७५ घर निर्माणको काम सुरु « Image Khabar


मोरङका विपन्न परिवारका लागि ७७५ घर निर्माणको काम सुरु


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार १५:१४

जनता आवास कार्यक्रमअन्तर्गत् विपन्न दलित तथा मुस्लिम समुदायलाई लक्षित गरी सहरी विकास मन्त्रालयले मोरङमा ९ निर्वाचन क्षेत्रका ४५ स्थानमा ७७५ परिवारका लागि घर निर्माणको कार्य अघि बढाएको हो ।

डिभिजन सहरी विकास कार्यालय विराटनगरका प्रमुख श्यामकिशोर सिंहकाअनुसार यो आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित ती घरको निर्माण भइरहेको छ ।

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत् लक्षित परिवारलाई प्रतिघर निर्माणका लागि २ लाख १४ हजार ७ सय रूपैयाँ प्रदान गर्नेछ । सरकारले

उपलब्ध गराएको रकमले लक्षित परिवार स्वयंले घर निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बरन्डासहितको दुईकोठे घर निर्माणका लागि सरकारले चार किस्तामा रकम दिने र अपुग रकम लक्षित परिवारले व्यहोर्नुपर्नेछ ।

अहिले मोरङमा निर्माणको चरणमा रहेका घरको दोस्रो किस्ताको रकमसमेत निकासा भइसकेको डिभिजन सहरी विकास कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्