२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बुधबार सेयर बजार समान्य सकारात्मक


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १६ सय २९ अंक कायम भएर थामियो । होटलबाहेक कारोबार भएका अरु सबै समूह हरियो रहे ।

बिमा समूह सबैभन्दा उच्च २२ अंकले सकारात्मक रह्यो भने अरु समूह सामान्य अंकले हरियो रहेका हुन् । होटल समूह भने १५ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको १३ लाख ६६ हजार कित्ता सेयर ७० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।