
छिमेकीमुलुकहरुले गरिरहेको प्रविधि विकासको अनुशरण गर्दै त्यसअनुसार नेपाल पनि अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले विभिन्न देशका लागि तीनजना नेपाली राजदूतहरुसँग बुधबार राजधानीमा गरेको छलफल कार्यक्रममा उक्त जोड दिइएको हो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले छिमेकीमुलुकहरुले गरिरहेको उच्च आर्थिक उन्नतिबाट नेपालले पनि सिक्नुपर्नेमा जोड दिए ।
श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुर्याल, बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुसाल र म्यानमारका लागि नेपाली राजदूत भीम उदाससँग दुईपक्षीय आर्थिक विषयका सम्बन्धमा भएको छलफलमा चेम्बर अध्यक्ष श्रेष्ठले छिमेकी देशहरुसँगको व्यापार वृद्धिका लागि सहयोगी भूमिका खेल्न राजदूतहरुसँग आग्रह पनि गरे ।
राजदूतहरुले द्विपक्षीय आर्थिक विकास र नेपालमा पर्यटक भित्र्याउन आफूहरु सक्रिय रहने प्रतिबद्धता जनाएका थिए ।
राजदूत प्याकुर्यालले नेपालमा भित्रने अन्तर्राष्ट्रिय पर्यटकको ६ प्रतिशत हिस्सा श्रीलंकालीले ओगटेको र अझै ठूला सम्भावना रहेको भन्दै यसतर्फ लाग्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्