२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्थिक वृद्धिमा ऐतिहासिक सफलता : प्रधानमन्त्री दाहाल, यी हुन् ‘उपलब्धि’


0
Shares

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट आफ्नो राजीनामा घोषणा गर्दै प्रधानमन्त्री दाहालले सरकार मुलकको अर्थतन्त्र सुधार गर्न ऐतिहासिकरुपमा सफल भएको दाबी गरेका हुन् ।

७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न र मूल्यवृद्धि नियन्त्रणमा सरकार अन्यन्त सफल भएको र आगामी सरकारलाई मानक बन्ने बाटो कोरेको दाबी उनले गरे ।

सरकार मुलुकमा लोडसेडिङ अन्त्य गरेर उज्यालो युगको सुरुआत गर्न सफल भएको उनको भनाइ छ । लोडसेडिङ अन्त्यले जनतामा आत्मविश्वाससमेत जागेको उनले उल्लेख गरे ।

आगामी एकदेखि तीन वर्षभित्र चरणबद्धरुपमा बिजुली उत्पादन बढेर निर्यातसमेत गर्ने स्थितिमा मुलुक पुग्ने उनले बताए ।

आफू नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको ‘ग्यारेन्टी’ गरेको, हुलाकीमार्ग निर्माणले तीव्रता पाएको, वर्षौंदेखिको सपना मेलम्ची परियोजना पूरा हुने चरणमा पुगेको, मेगासिटी र स्मार्टसिटीजस्ता कार्यक्रमहरु सुरु गरेको पनि उनले उल्लेख गरे ।

‘कृषि सुपर जोन’ कार्यक्रम सन्चालन, कृषिबिमा र कृषि पेन्सको आधार तयार पार्न पनि सरकार सफल भएको उनले बताए ।

‘लगानी सम्मेलन’ ऐतिहासिकरुपमा सफल हुनु, उल्लेख्य प्रतिबद्धता प्राप्त गर्नु पनि सरकारको महत्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

निःशुल्क उपचार सेवामा विस्तार, स्वास्थ्य बिमा विधेयकलगायतलाई अगाडि बढाएर पनि जनस्वास्थ्यका क्षेत्रमा थुप्रै सुधारका कार्यक्रमहरु भएको उनले उल्लेख गरे ।

बन्द सरकारी उद्योग पुनःसन्चालन प्रक्रियाको थालनी, चीनसँग वन बेन्ट वन रोड (ओबीओआर)मा सहभागी हुनेमा सम्झौता पनि सरकारका महत्वपूर्ण उपलब्धि भएको प्रधानमन्त्री दाहालले बताए ।

सम्पूर्ण दल र जनतालाई आर्थिक क्रान्तिको साझा संकल्पमा लाग्न पनि उनले आह्वान गरे ।