२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रका रुपमा विकास गरिने


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार (आज) व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा जोड दिइएको छ ।

धार्मिक पर्यटनलाई बढावा दिने नीतिअनुरुप सरकारले लुम्बिनी, पशुपति, जनकपुरधामलगायत धार्मिकस्थलको विकासलाई निरन्तरता दिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिलाई निरन्तरता दिनाका साथै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवका विमानस्थलको निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाई नयाँ हवाई मार्गको पहिचान गरी द्विदेशीय सम्झौता गरिने जनाएको छ ।

त्यस्तै, नेपालको कला, संस्कृति, भाषाको सम्बद्र्धन, संरक्षण र विकासमा अझ तीव्रता दिइने नीति लिने सरकारले विशेष गरी लोपोन्मुख जाति, आदिवासी, जनजातिको भाषा, संस्कृति र सम्पदाको संरक्षण एवम् विकासलाई जोड दिन उल्लेख छ । रासस