Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


झापामा विषालु च्याउ खाँदा ९ जना बिरामी


0
Shares

घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

च्याउखाँदा सोही ठाउँकी २८ वर्षीया उमा घतानी, ११ वर्षीय इन्द्र घतानी र नौ वर्षीय चन्द्र घतानी तथा छोरी दुई वर्षीया सविना घतानी बिरामी परेको प्रहरीले जनाएको छ ।

बिरामीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । रासस