
दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले अधिकारीको ९० औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा २००६ सालमा लमजुङ जिल्लाको दुराडाँडामा ब्राम्हणले हलो जोतेर सामाजिक अभियानको थालनी गरेको ‘हलो क्रान्ति’का नायक अधिकारीको सम्झना गरिएको हो ।
लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेलेका थिए ।
उनी २०१५ सालमा निर्वाचन क्षेत्र नं– १०० बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सांसद बनेका थिए ।
कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सामाजिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने मान्यताअनुरुप अधिकारीले हलो क्रान्तिको थालनी गरेको बताए ।
उनले भने, “दुराहरुको उद्गमस्थल रहेको दुराडाँडाको शैक्षिक विकासमा अधिकारीको ठूलो योगदान रहेको छ ।”
उनले प्रजातन्त्रको उद्गमस्थलको रुपमा रहेको दुराडाँडाको विकास र विस्तारका लागि प्रतिष्ठानलाई महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।
काँग्रेस लमजुङ क्षेत्र नं– २ का सांसद चन्द्रबहादुर कुँवरले लमजुङको राजनीतिक, आर्थिक र सामाजिक विकासमा अधिकारीको ठूलो योगदान रहेको बताए ।
उनले प्रतिष्ठानको विकासका लागि आफूले गर्ने सहयोग गर्न तयार रहेको बताए ।
प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले अधिकारीले अगाडि सार्नुभएको विकास निर्माणका कामलाई अगाडि बढाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सदैव आदर्शको राजनीतिक गर्नुपर्छ भन्ने मान्यता बोक्नुभएका अधिकारीको २०६९ साल कात्तिक ३० गते निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्