२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


इजिप्टद्धारा लिवियाका जिहादी समुहको शिविरमा भीषण आक्रमण


0
Shares

राष्ट्रपति अब्दुल फतह अल सीसीले २८ जना कप्टिक इसाई मारिने गरि शुक्रवार गरिएको आक्रमणको जवाफमा आतंककारीको शिविरमा आक्रमण गरिएको बताए ।

सरकारी सञ्चारमाध्यमले छिमेकी लिवियाको डेर्ना शहरमा छ पटक आक्रमण गरिएको जनाएको छ ।

राष्ट्रपति सीसीले आतंककारीको क्याम्प जहां भएपनि आक्रमण गर्न नहिच्किच्याउने उल्लेख गरे । टेलिभिजन सम्बोधन मार्फत उहांले दुश्मनबाट आफ्ना जनतालाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आतंककारीलाई सहयोग गर्ने मुलुकलाई सजाय दिनु पर्ने भन्दै सीसीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंग सहयोगका लागि अपील गरे ।

इजिप्टका इसाईहरु माथि आक्रमण गर्ने लिवियाका विद्रोही समुहमाथि इजिप्टले आक्रमण गरेको बताइएको छ ।

कर्णेल गद्धाफीको पतन पछि लिवियामा विभिन्न विद्रोही समुह सक्रिय छन् । (एजेन्सी)