सुत्केरीपछि हजार दिनका आमाका लागि पोषण तालिम « Image Khabar


सुत्केरीपछि हजार दिनका आमाका लागि पोषण तालिम


Imagekhabar
१३ जेष्ठ २०७४, शनिबार १५:१४

जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए ।

कृषि तथा पशुजन्य उत्पादनबाट पोषण पाइने भएकाले जिल्लामा कृषिजन्य पोषण उत्पादनमा ध्यान दिइएको छ ।

जिल्ला समन्वय समिति, जिल्ला शिक्षा, जिल्ला स्वास्थ्य, जिल्ला कृषि विकास, पशुसेवा, खानेपानी तथा सरसफाइ सब–डिभिजन र महिला तथा बालबालिका कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरिएको हो ।

हजार दिनका आमा, आमा समूहका सदस्य र महिला स्वास्थ्य स्वयम्सेविकालाई लक्ष्यगरी कार्यक्रम सञ्चालन गरिएकाले जिल्लाको कुपोषणको दर कम हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्