८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


चिकित्सक ठग्ने ‘मन्त्रीका सहयोगी’ पक्राउ


0
Shares

डा. मनोजकुमार साहलाई एमडी अध्ययनका लागि सरकारी कोटामा छात्रवृत्ति मिलाइदिने भन्दै केसीसहित वीर अस्पतालका तत्कालिन कर्मचारी दीपक मुडभरी, राजेश कहार र रवि पौडेललाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतको फैसला अनुसार केसीलाई १४ महिना जेल र ७ लाख रूपैयाँ जरिवाना तोकिएको थियो । मुद्दा चल्दा हिरासतमै रहेका मुडभरी, कहार र पौडेल फैसलाअनुसार कारागार पुगे । अदालतले अभियोग प्रमाणित गरे पनि केसी फरार सूचीमा परे।

उनी काठमाडौंमा खुलमखुल्ला घुमिरहँदा पनि पक्राउ परेनन्। यही बीच अर्जुननरसिंह केसी सहरी विकास मन्त्री बने । सरोज उनका पिए । कानुनी रूपमा फरार अभियुक्त भए पनि उनी मन्त्रीसँगै दैनिक सिंहदरबार र मन्त्री निवास गरिरहन्थे ।

असोजमा ठगीका फरार अपराधी मन्त्रीको पिए भनेर समाचार आए पछि मन्त्री केसीले उनलाई हटाए । ता पनि उनी पक्राउबाट जोगिदै आए । केसी अदालतले दोषी ठहर गरेको एक वर्षपछि सामाखुसीबाट आइतबार पक्राउ परे ।

-नागरिक दैनिकबाट