२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१ सय २४ अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’, ९ करोड रुपैयाँ खर्च


0
Shares

उनीहरुलाई गोल्डेन ह्याण्डसेकसहित विदा गर्न शिक्षा कार्यालयले ९ करोड रुपैयाँ खर्चिएको छ ।

कार्यालयले शिक्षा ऐन आठौं संशोधनको व्यवस्था बमोजिम प्रावि, निमावि र मावि तहमा २०७२ असोजभित्र नियुक्ति लिएर कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा वा गोल्डेन ह्याण्डसेकको विकल्पमध्ये एक रोज्न लगाएको थियो ।

सो अनुसार जिल्लाका २ सय ८९ अस्थायी शिक्षकमध्ये १ सय २४ जनाले सुविधासहित अवकाश अर्थात् गोल्डेन ह्याण्डसेक रोजेको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

१ सय ६५ जनाले भने आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा आवेदन भरेका छन् । असफल भएका शिक्षकले भने कुनै पनि सुविधा पाउने छैनन् । १ सय २४ जनालाई अवकाश दिँदा ९ करोड रुपैयाँ खर्च भएको छ ।