८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


जसले आफैंलाई मत दिएनन्, १४ जना मेयरले एक मत पाए


0
Shares

वैशाख ३१ मा भउको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन् ।

किनकी उनीहरुले एक मत पनि पाउन सकेका छैनन् । प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन् ।

निर्बाचन आयोगको तथ्याकंअनुसार उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका विभिन्न नगरपालिकाका उम्मेदवारको मत परिणामले पनि यस्तो देखिएको हो ।

एक मत प्राप्त गरेका उम्मेदवारलाई आफ्नै परिवारका सदस्यले पनि भोट नदिएको स्पष्ट देखिन्छ । एक मत पनि नपाएका उम्मेदवारले आफैंलाई मत नदिएको भन्न सकिन्छ ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदका लागि सुटकेस चिन्ह लिएर चुनाव लडेका भगवान गिरीले एक भोट मात्र पाएका छन् ।

महानगरबाटै टोपी चुनाव चिन्ह लिएर मेयरको उम्मेदवार बनेका विनोदकुमार क्षेत्रीले पनि एक मात्र मत ल्याएका छन् । दुवैजनाले आफ्नो मात्र भोट पाएको देखिन्छ ।

त्यसैगरी कीर्तिपुर नगरपालिकामा ब्याडमिन्टन कक चुनाव चिन्ह लिएर मेयर पदमा उम्मेदवार भएका पूर्ण महर्जनले एक मत पाए ।

सोही ठाउँका अर्का मेयरका उम्मेदवार दिनेश दर्जनाधारीले एक मत पनि पाएनन् ।
-नागरिक दैनिकबाट