
सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ ।
दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/०७४ मा बढाइएको थियो ।
२५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।
त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ।
विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ। १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ ।
त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ ।
तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ ।
कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?
१२५ सिसिसम्मको मोटरसाइकल-१० हजार
१२६देखि २५० सम्म-१२ हजार
२५१देखि ४०० सम्म-१५ हजार
४०१देखि माथि सबै-२० हजार
कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?
१२५ सिसि सम्म-२५ सय
१२६-२५० सम्म- ४ हजार
२५१देखि ४०० सम्म- ८ हजार
४०१देखि माथिका सबै-१५ हजार
-कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्