२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


अवतरण गर्नेक्रममा नेपाली सेनाको विमान दुर्घटना, पाइलटको मृत्यु, दुईजना घाइते


0
Shares

गम्भीर घाइते पाइलट गुरुङको उपचारकाक्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए । विमानमा पाइलट गुरुङसहित तीनजना सवार थिए ।

विमानमा सवार नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । घाइतेसँगै पाइलट गुरुङको शवसमेत नेपालगन्ज लगिएको छ ।

सुर्खेतबाट चामल बोकेर हुम्लाको सिमकोटका लागि उडेको ‘एन ए ०४८’ कलसाइन भएको विमान मौसम खराब भएपछि अवतरणका लागि बाजुराको कोल्टी विमानस्थल लगिएको थियो ।

दिउँसो सवा १२ बजेतिर अवतरणकाक्रममा विमान खेतमा भासिएको र लगत्तै आगो लागेको स्थानीयबासिन्दाले बताएका छन् ।

दुर्घटनापछि विमानमा लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका हुन् ।