२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


इराकमा आत्मघाती बम बिस्फोट हुँदा १० जना मारिए


0
Shares

इराकको राजधानी बग्दादमा रहेको आइसक्रिम पसल बाहिर आत्मघाती बिस्फोट भएको हो ।

शिया समुदायको बाहुल्य रहेको स्थानमा भएको बिस्फोटमा मारिनेमा अधिकांश मुश्लिमहरुको महान चाड रमदान मनाइरहेकाहरु परेको वताइएको छ ।

बिस्फोटबाट केही भवन र सवारीसाधनमा क्षति पुगेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

यद्दपी पछिल्लो समय इस्लामिक अतिबादी संगठन आईएसले आक्रमणलाई तिब्रता दिएकाले आईएसले नै आक्रमण गरेको इराकी सरकारको दाबी छ ।

घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)