‘राजदूतको स्वागतभन्दा पनि बिदाइकोबेला कामको मूल्यांकन गरिनुपर्छ’ « Image Khabar


‘राजदूतको स्वागतभन्दा पनि बिदाइकोबेला कामको मूल्यांकन गरिनुपर्छ’


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार १८:४०

नेपाल–भारत मैत्री समाजले भारतीय राजदूत मञ्जिव सिंह पुरीको स्वागतका लागि बुधबार काठमाडौंमा गरेको कार्यक्रमका सहभागीहरुले दुई देशबीच रहेको ‘रोटी–बेटी’को सम्बन्धको परिभाषाको दायरालाई फराकिलो बनाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले मञ्जिव सिंह पुरी नेपालको राजदूत बनेर आएपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने आशा पलाएको धारणा राखे ।

त्यसैगरी, प्राध्यापक डा. लोकराज बरालले राजदूतको स्वागतभन्दा पनि बिदाइकोबेला कामको मूल्यांकन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले भूकम्पपछिको पुनःनिर्माणमा भारतको सकारात्मक भूमिका रहेको भन्दै आगामी दिनमा पनि सहकार्य हुने विश्वास व्यक्त गरे ।

राजदुत पूरीको स्वागत कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा, विभिन्न संघ–संस्थालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्