काबुल आक्रमणमा पाँच नेपाली घाइते « Image Khabar


काबुल आक्रमणमा पाँच नेपाली घाइते


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार २०:११

इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै, सरकारले उक्त आक्रमणको निन्दा गदै अफगान सरकार र त्यहाँका जनतामा हार्दिक सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि सरकारले गरेको छ ।

उक्त आक्रमणमा परी ८० जनाको मृत्यु तथा अन्य ३५० जना घाइते भएका अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्