बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान « Image Khabar


बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न आह्वान


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १३:५१

राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरे पनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न बिहीबार पुनः आग्रह गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन गर्नका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गरेकी हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ– ‘नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका–संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्