भृकुटीमन्डपमा शैक्षिक मेला « Image Khabar


भृकुटीमन्डपमा शैक्षिक मेला


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १४:५०

‘विश्वस्तरीय शिक्षा स्वदेशमै’ भन्ने नारासहित सुरु भएको शैक्षिक मेलामा १५० भन्दा बढी कलेजहरुले परामर्श दिएका छन् ।

२१ गतेसम्म चल्ने शैक्षिक मेलामा मुख्य गरी उच्च शिक्षा नेपालमै सम्भव छ भन्ने जानकारी दिइने हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले उच्च शिक्षाकै लागि मुलुकबाहिर जाने विद्यार्थीलाई रोक्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताए ।

यस्तै, शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठले शिक्षाको सन्दर्भमासमेत स्थानीय तहलाई महत्वपूर्ण अधिकार दिइएको भन्दै अब शैक्षिक प्रणालीमा सुधार आउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्