Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सवारी ब्याक गरेर घाइते यात्रु मार्नेविरुद्ध कानुन बनाउन माग


0
Shares

फाइल फोटो

सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य तिथिका अवसरमा बिहीबार (आज) टोखा नगरपालिकाको बानियाँटारमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले चालकले सवारी ब्याक गरेर मार्ने प्रवृत्तिविरुद्ध कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

सांसद रामचन्द्र पोखरेलले राष्ट्रका लागि योगदान गर्नसक्ने क्षमतावान प्रशासकको पासविक तरिकाले हत्या गरिएको धारणा राखे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, टोखा नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रकाश अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष केशव पौडेल, स्व.पण्डितका छिमेकी इन्जिनियर हरिदत्त पौडेलले सवारी ब्याक गरेर घाइते यात्रु मार्ने प्रवृत्तिको अन्त्यका लागि पहल गर्न माग गरे ।

गत जेठ ६ गते बिहान बानियाँटारमा ट्रकले ठक्कर दिँदा पण्डितको घटनास्थलमा मृत्यु भएको थियो । स्व पण्डितकी आमा, श्रीमती र दुई छोरी छन् । रासस