२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


भीषण ट्रकबम आक्रमणपछि काबुल भयभीत


0
Shares

सन् २००१ यता भएका कैयौँ भयानक आक्रमणभन्दा पनि भीषण रुपबाट भएको यस आक्रमणको कारण बिहीबार (आज) काबुल भयभीत भएको बताइएको छ ।

स्थानीय बासिन्दाहरु आफ्ना आफन्तको शवको अन्तिम संस्कारमा लागेका छन् भने सर्वसाधारण जनताको सुरक्षाका लागि सरकार असफल भएको अवस्था देखिएको छ ।

यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन् । कैयौँ कूटनीतिक प्रतिनिधिको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान ८ः२५ मा भएको यस ट्रकबम आक्रमणमा परी कम्तीमा ९० जना मृत्यु भएको थियो ।

यस आक्रमणमा परी विदेशीलयगात सयौँको संख्यामा सर्वसाधारण घाइते भएका छन् । ‘हाम्रो देशमा कतिन्जेल यो रक्तपात सहिरहनु पर्ने हो’ एक स्नाथीयबासीले स्थानीय समाचार च्यानल टोलोलाई साधेका छन् ।

‘मैले यस विस्फोटमा आफ्ना भाइलाई गुमाएको छु, सरकार लगाताररुपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको छ’, उनले भनेका थिए ।

यस आक्रमणमा घाइते भएका चार सयभन्दा बढीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र आफ्ना आफन्तको स्वास्थ्यस्थिति बुझ्नको लागि अस्पताल परिसरमा सर्वसाधारणको लाम लागेको छ । यस आक्रमणमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजी कार्य के भएको छ सो समाचारको लागिपनि आफन्तजनको सम्बन्धित स्थलमा भीड लागेको समाचारमा जनाइएको छ ।

मुसलमानहरुको महान पर्व रमजानको महिनामा नै भएको यस भीषण आक्रमणको विश्वका कैयौ नेता र विश्व समूदायले कडा निन्दा गरेको छ । रासस/एएफपी