बिहीबार सेयर बजार पुनः ऋणात्मक « Image Khabar


बिहीबार सेयर बजार पुनः ऋणात्मक


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार २०:०३

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले ऋणात्मक रहेर १६ सय ४ कायम भएर थामियो । उत्पादनमूलक र जलविद्युत्बाहेक अरु कारोबार समूह ऋणात्मक रहेसँगै नेप्से पनि ऋणात्मक रहन गएको हो ।

होटल समूह सबैभन्दा उच्च २५ अंकले ओरालो लाग्यो । बिमा समूह पनि दोहोरो अंकले घट्दा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहेका हुुन् । उत्पादनमूलक समूह भने १९ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको ११ लाख ९२ हजार कित्ता सेयर ६५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्