२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नयाँ बजेटप्रति होटल संघ असन्तुष्ट


0
Shares

संघले विहीबार विज्ञप्ति जारी गरी बजेटसम्बन्धी प्रतिक्रिया जनाउँदै बजेटमा पर्यटन क्षेत्रका केही ठूलास्तरका प्रवद्र्धन कार्यक्रम सन्चालनका लागि बजेटको व्यवस्थाको माग पूरा हुन नसकेको गुनासो गरेको छ ।

भूकम्प, नाकाबन्दी, ‘नोटबन्दी’, चुनावलगायतका कारण संकुचनमा परेको नेपाली पर्यटन क्षेत्र फस्टाउन बृहत् प्रवद्र्धन कार्यक्रमको आवश्यकता रहेको उसको भनाइ छ ।

२०७३/७४ को बजेटमा घोषणा गरिएको ‘भिजिट नेपाल २०१८’ र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘घुमफिर वर्ष’ नारामामात्र सीमित रहेको संघको दुखेसो छ ।

सन् २०२० भित्र झन्डै ४ हजार तारेस्तरका होटल कोठाहरु थपिँदै गरेको अवस्थामा नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल, अवरुद्ध चीन जोड्ने नाका, लामो समयदेखि स्तरोन्नति भइरहेको मुग्लिन–नारायणघाट राजमार्ग, ट्रेकिङ पदमार्ग, काठमाडौंको समस्याग्रस्त ट्राफिक प्रदूषणजस्ता समस्याबाट पर्यटक बढाउन नसकिएको संघको भनाइ छ ।

वर्तमान अवस्थामा बजेटले काठमाडौं, भैरहवा, पोखराको लागि छुट्टाएको बजेटको पूर्णरुपमा उपयोगलगायतका रसुवाबाट लुम्बिनी जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन, लुम्बिनी र पशुपति गुरुयोजनाअनुसार विकास विस्तारमा छुट्टाइएको बजेट पनि प्रभावकारीरुपमा खर्च हुनुपर्नेमा संघले जनोड दिएको छ ।

भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाको छिटो पुनःनिर्माणमासमेत संघले ध्यानाकर्षण गराएको छ ।