
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिएको गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन पुगेकाहरुले उड्डयनअतिरिक्त गीतसंगीतको क्षेत्रमा उनले पु¥याएको योगदानको स्मरण गरेका थिए । गुरुङप्रति श्रद्धाञ्जली दिन पुग्नेमा कलाकारहरुको बाक्लो उपस्थिति थियो ।
उनका बुबाआमा विदेशमा रहेका कारण दुई दिन ढिलो गरी शुक्रबार अन्त्येष्टी गर्न लागिएको हो ।
नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा पाइलट गुरुङको मृत्यु भएको थियो भने घाइते अनिता आलेको उपचार भइरहेको छ ।
सुर्खेतबाट चामल बोकेर हुम्लाको सिमकोटका लागि उडेको विमान मौसम खराब भएपछि बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्न खोज्दा दुर्घटना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्