प्रधानसेनापतिको चेतावनी–‘नेपाली सेना विखन्डनकारीको तमासा हेरेर बस्न सक्दैन’ « Image Khabar


प्रधानसेनापतिको चेतावनी–‘नेपाली सेना विखन्डनकारीको तमासा हेरेर बस्न सक्दैन’


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार १६:०४

पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले ‘देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि सेनाले कुनै कसर बाँकी राख्दैन’–भने ।

सेना सधैं संविधानले निर्दिष्ट गरेका मूल्य–मान्यतालाई आत्मसात् गरेर अगाडि बढिरहेको उनको भनाइ थियो ।

मुलुकमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गराउन सेनाको ठूलो भूमिका रहेको भन्दै प्रधानसेनापति क्षत्रीले दोस्रो चरणको निर्वाचनमा पनि सेनाको उत्तिकै महत्व रहने उल्लेख गरे ।

कार्यक्रममा अवकाशप्राप्त सैनिकहरुलाई सम्मान गरिनुका साथै सैनिक कल्याणकारी कोषबाट सन्चालित विभिन्न कर्जाहरुसमेत प्रदान गरिएको थियो ।

त्यस्तै, विभिन्न घटनामा घाइते भएका तथा सैनिक परिवारमा आश्रित अपांगता भएका र असहायहरुलाई ह्वील चियरसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्