
कर निर्धारणका विषयमा छलफल गर्न आयोगले शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो ।
आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले रासससँग कुरा गर्दै भने–‘शर्मालाई आयोगले हिरासतमा राखिएको छ । थप अनुसन्धानपछिमात्रै सबै विवरण सार्वजनिक गर्छौं ।’
कर फछ्र्यौट आयोगमार्फत् विभिन्न व्यापारीलाई करछुट दिएको भन्दै आयोगमा दर्जनौं उजुरी परेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्